
कास्की : आइतबारदेखि यहाँ प्रारम्भ भएको फिफा वल्र्डकप समूह ‘ख’अन्तर्गत आज बेलात र इरानबीच भएको खेलमा बेलाइत विजयी भएको छ ।
इरानलाई दुईका विरुद्ध छ गोलले पाखा लगाउँदै बेलायत विजयी भएको हो । जुड बेलिङघम र बुकायो साकाले बेलाइतलाई पहिलो हाफमा दुई शून्यको अग्रता दिलाएका थिए ।
ह्यारी केनको पासमा रहिम स्टर्लिङले अर्को गोल गरेर इरानलाई स्तब्ध पारे । दोस्रो हाफमा मार्कस रासफोर्ड, बुकायो साका र ज्याक ग्रेलिसले एक एक गोलको योगदान गरे ।
बेलायतका खेलाडीले आफूहरुलाई डी बक्सभित्र लडाएपछि पाएको पेनाल्टी प्रहारले इरानलाई लज्जास्पद पराजयबाट जोगायो । इरानका खेलाडी मेधी तरेमीले खेलको उत्तराद्र्धमा गरेको सफल पेनाल्टी प्रहार र अतिरिक्त समयमा गरेको अर्को गोलले इरान दुई गोलमा सीमित रह्यो ।
