
काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ समानुपातिकमा ५० हजार मत कटाएको छ।
निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रले हालसम्म ५० हजार ९ सय ३६ मत ल्याएको हो।
नेकपा माओवादी केन्द्र चौथो स्थानमा छ। पहिलो स्थानमा रहेको नेकपा एमालेले १ लाख २५ हजार र दोस्रो स्थानको कांग्रेसले हालसम्म १ लाख ८ हजार मत प्राप्त गरेको छ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ५५ हजार हजार मत ल्याएर तेस्रो स्थानमा छ ।
प्रतिनिधिसभातर्फ समानुपातिकबाट १ सय १० जना निर्वाचित हुनेछन्।
कमेन्ट गर्नुहोस्
