
कास्की : कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत समूह डीको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् ।
दोहाको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।
यसखेलसँगै डेनमार्क र ट्युनिसियाले समान एक–एक अङ्क बाँडेका छन् । जारी विश्वकपमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो ।
कमेन्ट गर्नुहोस्
