गाउँपालिका अध्यक्षमा पराजित सिंह प्रदेशसभामा निर्वाचित

Share:

सप्तरी :  गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तिलाठी-कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा पराजित सतिशकुमार सिंह प्रदेशसभामा निर्वाचित भएका  छन् ।

सप्तरी निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ को सदस्यमा उन निर्वाचित भएका हुन् ।

जनमत पार्टीबाट उम्मेदवार रहेका सिंहले १६ हजार सात सय ३४ मत प्राप्त गरे । गत स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार सिंहलाई नेपाली कांग्रेसका अरुण मण्डलले पराजित गरेका थिए । गाउँपालिका अध्यक्षमा पराजित भएपछि उन लोसपा परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार शैलेन्द्र साहले आठ हजार दुई सय ९२ मत पाए । साह मधेस प्रदेश सरकारको अर्थमन्त्री हुन् ।

कमेन्ट गर्नुहोस्
Share: