विश्वकप फुटबल :  जर्मनी जापानसँग स्तब्ध

Share:

काठमाडौं :  कतारमा भइरहेको विश्वकप फुटबलमा आज भएको दोस्रो खेलमा जापान विजयी भएको छ। कतारको खलिफा अन्तरराष्ट्रिय रंगशालामा भएको खेलमा ४ पटकको विश्वकप विजेता जर्मनी जापानसँग २–१ बाट पराजित भएको छ।

खेलको ३३ औँ मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमा जर्मनीलाई अग्रता दिलाए। तर खेलको दोस्रो हाफमा गोल गर्दै खेलमा फर्कियो। ७५ औँ मिनेटमा जापानका रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए। तोकुमा आसानोले खेलको ८३औँ मिनेटमा दर्शनीय गोल गरी जापानको अग्रता दोब्बर पारे।

कमेन्ट गर्नुहोस्
Share: