
काठमाडौं : सहरी विकासमन्त्री मेटमणि चौधरी विजयी भएका छन् । दाङ क्षेत्र नं. १ बाट नेकपा (एकीकृत समाजवादी)का तर्फबाट उम्मेदवार बनेका चौधरी पाँच हजार ८४ को मतान्तरसहित विजयी भएका छन् ।
उनले २६ हजार ५६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्ता चौधरीले २१ हजार ४७९ मत प्राप्त गरिन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवराज पाठकले १३ हजार ७९४ मत प्राप्त गरेका छन् ।
कमेन्ट गर्नुहोस्
