
काठमाडौं : कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ।
कतारको अल जानौब रङ्गशालामा शनिबार भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो।
अस्ट्रेलियाको लागि मिचेल डुकले गोल गरे। खेलको २३ औँ मिनेटमा मिचेल डुकले गरेको एक गोल नै अस्ट्रेलियाको जितका लागि निर्णायक साबित भयो।
कमेन्ट गर्नुहोस्
