आहा रारा गोल्डकप अब ‘पोखरा गोल्डकप’बाट संन्चालन हुने

Share:

कास्की : मोफसलमा चर्चित प्रतियोगितामा आहा रारा गोल्डकप अब २२ औं संस्करणबाट ‘पोखरा गोल्डकप’का रुपमा संन्चालन हुने भएको छ ।

पोखरामा मंगलबार एक कार्यक्रम आयोजना गर्दै आयोजक सहारा क्लब पोखरा र मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले नयाँ सम्झौतामा हस्ताक्षर गर्दै नाम फेरिने बताएका छन्। आगामी २२ औं संस्करण यही पुष १२ देखि २३ मा हुँदैछ ।

२२ औं संस्करणबाट संस्करणबाट प्रतियोगिताको नाम आहा रारा गोल्डकपबाट ‘आहा रारा पोखरा गोल्डकप’ राखिने भएको हो । सहारा र हिमश्रीले २०८९ साल सम्म प्रतियोगिता सञ्चालनका लागि लागि कुल २७ लाख रुपैयाँ सहयोग गर्ने पत्रमा मंगलबार हस्ताक्षर गरेका छन् ।

यस्तै नयाँ सम्झौता अनुसार सहारा क्लब पोखरालाई मुख्य प्रायोजक हिमश्री फुडस प्रा.लि.द्धारा बार्षिकरुपमा आगामी पहिलो ३ वर्ष १८ लाख,दोश्रो ३ वर्ष २१ लाख,तेश्रो ३ वर्ष २४ लाख र २०८८ सालमा २७ लाख रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्ने क्लबले जनाएको छ।

त्यस्तै प्रतियोगिताको व्यवस्थापकिय पक्षलाई मध्यनजर राखि अन्य अतिरिक्त आन्तरीक खर्च बापत मुख्य प्रायोजक हिमश्री फुडस प्रा.लि.ले बार्षिकरुपमा पहिलो प्रत्येक ३ वर्ष एकमुष्ठ ४ लाख ५० हजार,दोश्रो प्रत्येक ३ वर्ष ५ लाख २५ हजार,तेश्रो प्रत्येक ३ वर्ष ६ लाख २५ हजार र अन्तिम ०८८ सालमा ७ लाख प्रदान गर्ने पनि जनाएको छ।

विज्ञप्ति

गत २ दशक आहा!रारा चाउचाउको उत्पादक हिमश्री फुडस प्रा.लि.ले मुख्य प्रायोजकको महत्वपुर्ण भूमिकामा रहि बहुचर्चित आहा । रारा गोल्ड कप फूटबल प्रतियोगिताको २० औ संस्करण सम्मको अनवरत यात्रा सफलतापूर्वक सम्पन्न भै सकेको यहाँहरुलाई जगजाहेर नै छ। २०औ संस्करण समाप्त भैसक्दा मुख्य प्रायोजक र सहारा क्लब पोखरा बिचको सम्झौता समाप्त भएतापनि अब आगामी १० औ संस्करण सम्मको लागि नव सम्झौता अवधि गरि हाम्रो यात्रा ३० बर्ष तय भएको छ। नेपालको फुटबल ईतिहासमा सम्भवत यो नै सबैभन्दा दिर्घकालीन सम्झौता हो।

समाजसेवी उधोगपति एवँ पूर्व सभासद स्व.सुर्य बहादुर के.सि.कै बिशेष पहल र सर्क्रियतामा ०५९ सालमा आहा गोल्ड कप को नाउँबाट १० बर्षे सम्झौता भै गोल्ड कप सफलतापूर्वक सम्पन्न भए पश्चात ०६९ देखि ०७८ को लागि दोश्रो पटक आहा!रारा गोल्ड कप नामाँकरण गरी थप १० बर्षे करार सम्झौता गरी प्रतियोगिताको २०औ संस्करणसम्मको यात्रा सफलतापूर्वक सम्पन्न भै सकेको सन्दर्भ यहाँहरुलाई पूर्नस्मरण गराउँदै अब तेश्रो पटक द्धिपक्षीय सहमतिमा पर्यटकिय शहर पोखरा को अपनत्वलाई स्विकार गरी ०७९ देखि ०८८ सालसम्म यो प्रतियोगिता २२ औं आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता को नामबाट निरन्तररुपमा संन्चालन हुने विश्वास हामीहरुले लिएका छौ।

०५८ सालमा सफलतापूर्वक सम्पन्न गरिसकेको राष्ट्रिय तथा अर्न्तराष्ट्रिय अन्तर क्लव आमन्त्रित क्याराभान गोल्ड कप फुटबल प्रतियोगिता सहित आगामी संस्करण देखि उक्त प्रतियोगिताको नामाँकरण २२ औं आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता को नामबाट क्रमिकरुपमा संञ्चालन हुनेछ। जस अनुसार सहारा क्लब पोखरालाई मुख्य प्रायोजक हिमश्री फुडस प्रा.लि.द्धारा बार्षिकरुपमा आगामी पहिलो ३ बर्ष १८ लाख,दोश्रो ३ बर्ष २१ लाख,तेश्रो ३ बर्ष २४ लाख र वि.सं.२०८८ सालमा २७ लाख रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्नुहुनेछ। त्यस्तै प्रतियोगिताको व्यवस्थापकिय पक्षलाई मध्यनजर राखि अन्य अतिरिक्त आन्तरीक खर्च बापत मुख्य प्रायोजक हिमश्री फुडस प्रा.लि.ले बार्षिकरुपमा पहिलो प्रत्येक ३ बर्ष एकमुष्ठ ४ लाख ५० हजार,दोश्रो प्रत्येक ३ बर्ष ५ लाख २५ हजार,तेश्रो प्रत्येक ३ बर्ष ६ लाख २५ हजार र अन्तिम ०८८ सालमा ७ लाख प्रदान गर्नु हुनेछ।

आन्तरीक तथा बाह्रय पर्यटन प्रबर्द्धनमा अभिवृद्धि गरि पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउने यो प्रतियोगिता नेपालको फुटबल इतिहासमा मोफसलको सर्वाधिक चर्चित अविछिन्न संञ्चालन हुँदै आईरहेको फुटबल प्रतियोगिता हो। जसको बचत हुने रकम कठिन परिस्थिति र विपन्न बर्गका प्रशिक्षार्थीहरु सम्मिलित स्व.सुर्य बहादुर के.सि.सहारा फुटबल एकेडेमीमा खर्च गरिदै आईरहेको व्यहोरा यहाँहरुलाई स्मरण गराउन चाहान्छौ। उक्त एकेडेमीलाई सुव्यवस्थितरुपमा संञ्चालन गर्न सघाउ पुगोस भन्ने उदेश्यले के.सि.परिवारजनबाट हामीहरुलाई १० बर्ष बार्षिकरुपमा आर्थिक सहयोग १५ लाखका दरले प्रदान गर्ने अर्को सम्झौता भए अनुरुप गत दुई बर्षको किस्ता ३० लाख प्राप्त भै सकेको व्यहोरा समेत अवगत गराउँदछौ ।

जय सहारा ! !

​​​​​​​​​रामजी प्रसाद अधिकारी

​​​​​​​​ ​​महासचिब

​​​​​​​​​ सहारा क्लब पोखरा

कमेन्ट गर्नुहोस्
Share: