चीनमा कमजोर बन्दै ‘कोभिड प्रतिबन्धविरुद्ध’को प्रदर्शन

Share:

चीनमा प्रहरी दमनसँगै कोभिड प्रतिबन्धविरुद्धको विरोध प्रदर्शन कमजोर बनेको छ । ठूलो संख्या प्रहरी परिचालन गरिएपछि प्रदर्शन कमजोर हुँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

चिनियाँ शहरहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सांघाईको मुख्य सडकमा ठूला अवरोध अझै पनि रहेको र प्रहरीले धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको बीबीसीले जनाएको छ । प्रहरीले मानिसहरूलाई विरोध प्रदर्शनको फोटो खिच्न रोक लगाएको छ भने उनीहरूको क्यामरा वा मोबाइलबाट फोटो मेटाउन भनिएको छ । 

गत बिहीबार पश्चिमी चीनको उरुम्चीमा रहेको एक अग्लो भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि राष्ट्रव्यापी विरोध प्रदर्शन बढेको थियो । कोभिड प्रतिबन्धकै कारण मानिस आगोबाट बच्न नसकेको भन्दै प्रदर्शन चर्काइएको थियो । तर, स्थानीय अधिकारीहरूले यसलाई अस्वीकार गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: