उदयपुर–१ मा डा.नारायण खड्का विजयी

109
0
Share:

काठमाडौं : उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन्  ।

परराष्ट्रमन्त्रीसमेत रहेका खड्काले प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जुकुमारी चौधरीलाई दुई हजार ३७९ मतान्तरले पराजित गरेका हुन्  ।

चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका खड्काले ३१ हजार २७० मत प्राप्त गरे  । चौधरीले २८ हजार ८९१ मत पाइन्  ।

गत २०७४ सालको निर्वाचनमा पनि यो क्षेत्रमा उनीहरूप्रतिस्पर्धा भएको थियो  । त्यतिवेला खड्का ३३ हजार १४२ मत ल्याएर विजयी भएका थिए  । चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरकी थिइन्  ।

यो निर्वाचनमा प्रतिनिधिसभातर्फ उदयपुर–१ मा एक स्वतन्त्रसहित १६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए  ।

कमेन्ट गर्नुहोस्
Share: