
काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार एकादुई स्थानमा बाहेक देशभर मौसम सामान्यतया सफा रहनेछ।
बुधबार दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशका केही पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा भने सामान्यतया सफा मौसम रहने महाशाखाले जनाएको छ।
यस्तै, रातिको समयमा प्रदेश नं १ का पहाडी भू-भागमा मात्रै आंशिक बदलीको सम्भावना देखिएको छ भने देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा नै रहनेछ।
कमेन्ट गर्नुहोस्
