अन्तिम १६ अन्तर्गतका दुई खेल हुँदै

127
0
Share:

काठमाडौं :  फिफा विश्वकप फुटबलमा सोमबार अन्तिम १६ अन्तर्गतका दुई खेल हुँदैछन् ।

कतारको अल जानुब स्टेडियममा पौने ९ बजे हुने पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । 

जापान समूह ‘ई’ बाट  विजेता र  क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

यस्तै राति पौने १ बजे ब्राजिल र दक्षिण कोरियाबीच खेल हुनेछ । खेल कतारको स्टेडियम ९७४ मा तय भएको छ ।

ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह  ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । 

कमेन्ट गर्नुहोस्
Share: