कास्की प्रहरीद्वारा ६ जना फरार व्यक्तिहरू पक्राउ

Share:

कास्की : जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतको फैसलापछि फरार रहेका छ जना व्यक्तिहरूलाई पक्राउ परेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार कास्की जिल्ला अदालतले गत २०७८ सालको पुस १६ गते फैसला गर्दै जरिवाना रकम तोकेको भए पनि उनीहरू फरार रहँदै आएका थिए ।  

पक्राउ परेकाहरूमा ६० वर्षीय हुमनाथ आचार्य, ३५ वर्षीय ध्रुव प्रसाद आचार्य, ५७ वर्षीया डिलमाया आचार्य, ३५ वर्षीय लिलाधर आचार्य, २९ वर्षीय दीपक आचार्य र २१ वर्षीय सृजना आचार्य रहेका छन् ।
उनीहरू सबैलाई अदालतले प्रतिव्यक्ति १५ हजार रुपैयाँका दरले जरिवाना तिर्नुपर्ने फैसला गरेको थियो । तर अदालतको आदेशलाई अवज्ञा गरी उनीहरू सम्पर्कमा नरहेपछि कास्की प्रहरीले उनीहरूको खोजी गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: