आजको मौसम पूर्वानुमान

85
0
Share:

काठमाडौं : हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी  भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ । 

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी  भू-भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी  रहनेछ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। 
 
तराई  भू-भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: