सुन चाँदीको मूल्य स्थिर

155
0
Share:

काठमाडौं :  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा स्थिर रही प्रतितोला ९९ हजार तीन सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार आठ सय छ । यस्तो सुन अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीसमेत अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही एक हजार तीन सय ५० तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: