चितवनमा भएको दुर्घटनामा विदेशीको मृत्यु

99
0
Share:

चितवन : पृथ्वी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना विदेशी नागरिको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वी राजमार्ग अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै नारायणगढबाट काठमाडौं आउदै गरेको मोटरसाइकल र सोहि दिशाबाट जादैँ गरेको जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटर साइकल चालक ६० वर्षीय जर्मन नागरिक माइकल मेयर ओलेबेर सेलबेनको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनको शव अहिले भरतपुर अस्पतालमा राखिएको छ ।  

कमेन्ट गर्नुहोस्
Share: