
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले शुक्रबार आफ्नो चुनावी पराजयले आफ्नो अत्मालाई चोट पुगेको भन्दै मौनता तोडेका छन् । बोल्सोनारोले अक्टोबर ३० मा तिक्ततापूर्ण रनअफ चुनावमा वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला दा सिल्भासँगको पराजयपछि सार्वजनिक रूपमा निर्वाचनको परिणामबारे कुनैप्रतिक्रिया दिएका थिएनन् ।
“म लगभग ४० दिनदेखि मौन छु । यसले मलाई पीडा दिइरहेको छ, मेरो आत्मा दुःखिरहेको छ । यद्पि म सधैं खुसी हुने व्यक्ति हुँ”, उनले भनेका छन् ।
उनको पराजयपछि उनका हजारौं समर्थकहरूले सडक अवरुद्ध गर्दै सेनालाई लुलालाई सत्ता लिनबाट रोक्न आग्रह गर्न सैन्य ब्यारेक अगाडि प्रदर्शन समेत गरेका थिए। बोल्सोनारो जनवरी १ सम्म पदमा रहनेछन् ।
कमेन्ट गर्नुहोस्
