पोर्चुगललाई १-० ले हराउँदै मोरक्को अन्तिम चारमा

86
0
Share:

काठमाडौं : मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिवार राति भएको खेलमा पोर्चुगललाई १-० ले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो।

खेलको पूर्वार्धमा नै मोरक्कोले एक गोल गरेको थियो। मोरक्कोका एन नेसरीले ४२ औँ मिनेटमा एक गोल गरेका थिए। यह्या अतिअतको पासलाई सदुपयोग गर्दै उनले ‘हेड’मार्फत गोल गरेका थिए। यो गोलसँगै नेसरी विश्वकपको इतिहासमा मोरक्कोका तर्फबाट सबैभन्दा बडी गोल गर्ने खेलाडी बनेका छन्।​

समग्रमा योपटक मोरक्कोले ३६ वर्षपछि इतिहास दोहोर्‍याउँदै नयाँ इतिहास बनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: