डा.गौरीशंकरलाल दासलाई दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार

139
0
Share:

काठमाडौं : यस वर्षको दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार वरिष्ठ मानवअधिकारवादी नेता डा गौरीशंकरलाल दासलाई प्रदान गरिएको छ । पुरस्कारको राशि एक लाख रूपैयाँ छ ।

शनिबार राष्ट्रिय मानवअधिकार आयोगद्वारा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ अधिकारकर्मी दासलाई दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार प्रदान गरेका हुन् ।हरेक वर्ष मानव अधिकारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै  आएका व्यक्तित्वलाई आयोगले यो पुरस्कार प्रदान गर्दै आएको छ ।

मानव अधिकारको मूल मन्त्र मर्यादा, स्वतन्त्रता, न्याय र समानता तथा लोकतन्त्रको खातिर जारी २०६२/६३ को जन आन्दोलनको समयमा  राष्ट्रिय मानवअधिकार आयोग जनकपुरमा अनुगमनकै सिलसिलामा दयाराम परियारको सहादत भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: