लेबनानमा शान्ति सैनिक मारिए

Share:

दक्षिण लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका एक सदस्यको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

आठ जना कर्मचारी बोकेर बेरुततर्फ गइरहेको सवारी साधनमाथि आक्रमण भएपछि एक जना आयरिश सदस्यको मृत्यु भएको राष्ट्रसंघका अधिकारीले जनाएका छन् । घटनाबारे थप विवरण प्राप्त भएको छैन ।

कमेन्ट गर्नुहोस्
Share: