विश्वविद्यालय : एक सय ८६ जना विदेशीसहित एक हजार ६९९ विद्यार्थी दीक्षित

159
0
Share:

काठमाडौं : काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विभिन्न संकायका स्नातक, स्नातकोत्तर र विद्यावारीधिका गरी एक हजार छ सय ९९ जना विद्यार्थी दीक्षित भएका छन्  ।

 प्रधानमन्त्री तथा कूलपति शेरबहादुर देउवाको अध्यक्षता तथा वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्य एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकूलपति देवेन्द्र पौडेलको उपस्थितिमा पहिलो चरणको समारोहमा मानविकी, शिक्षा, इञ्जिनियरिङ, कानून, व्यवस्थापन, स्वास्थ्य विज्ञान र विज्ञान विधाका ८ जना विद्यावारिधि, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका गरी एक हजार छ सय ६ जनासहित एक हजार छ सय ९९ जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ  ।

विश्वविद्यालयका अनुसार मानविकीका दुई सय २०, शिक्षाका दुई सय दुई, इञ्जिनियरिङका २६, कानूनका ४० जना, व्यवस्थापनका चार सय ५२, स्वास्थ्य विज्ञानका सात सय १२ जना र विज्ञान संकायका ३७ जना विद्यार्थी दीक्षित भएका छन्  ।

दीक्षित हुने विद्यार्थीमध्ये सात सय ३४ जना पुरुष र नौ सय ६५ जना महिला छन्  । दीक्षित हुनेमा अस्ट्रिया, क्यानडा, चीन, जर्मनी, भारत, इटाली, माल्दिभ्स पोर्चुगल, रूस, सिंगापुर, स्पेन, श्रीलंका ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका एक सय ८६ जना विदेशी विद्यार्थी समेत रहेको विश्वविद्यालयले जनाएको छ  । यस विश्वविद्यालयबाट ४० हजार ३५ जना उत्तीर्ण भइसकेका छन्  ।

कमेन्ट गर्नुहोस्
Share: