कास्की र बारामा मृत फेला

Share:

कास्की : कास्की र बारामा गरी दुई जना मान्छे मृत फेला परेका छन् ।

 बाराको विश्रामपुर गाउँपालिका-५ इटियाही दरबार कोलोनीस्थित खेतमा रहेको परालको कुन्युमा जितपुर सिमरा उपमहानगरपालिका-८ राजनगर घर भएका २२ वर्षीय सुरज साह कानु बुधबार मृत अवस्थामा फेला परेका छन्  । उक्त कुन्युमा शंकास्पद अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा, प्रहरी चौकी मुसहर्वा र वीरगंजबाट डग सहित खटिएको प्रहरीले टोलीले घटनाको थप अनुसन्धानका लागि २ जनालाई नियन्त्रणमा लिएको छ  ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका-२९ पट्नेरी पुलस्थित सेती नदीमा सोही महानगरपालिका-२७ रिठ्ठेपानी बस्ने ७४ वर्षीय नन्दराम कार्की बुधबार मृत अवस्थामा फेला परेका छन्  ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ  ।

कमेन्ट गर्नुहोस्
Share: