
काठमाडौं : छुट्टा सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-१५ स्वयम्भू ठाडोभर्याङस्थित सडकमा बा.१ प ७६३ नम्बरको पर्यटक बस र बाग्मती प्रदेश ०२-०१८ प ४९४० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुली मरिण गाउँपालिका-३ बस्ने २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ कुम्हरौलमा बा.१२ च ५३८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ हरैया बस्ने श्रीदेव महराकी छोरी ६ वर्षीया राखी महराको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जानकी मेडिकल रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी कार चालक मिथिला नगरपालिका-४ बस्ने ३२ वर्षीय बिनोद कुमार महतो कोईरीकी छोरी १० दिनकी आरुषी कुमारी महतोको न्यूरो अस्पताल जनकपुरमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषा, मिथिला नगरपालिका-७ ढल्केवरमा बुधबार राति भएको सवारी दुर्घटनामा प्र.२-०२-००३ प ३८४३ नम्बरको मोटरसाइकल चालक महोत्तरी सितापुर भंगहा नगरपालिका-४ बस्ने २३ वर्षीय अमरेन्द्र महतोको मृत्यु भएको छ । सोही स्थानमा प्र.३-०१-००६ ख ०६८४ नम्बरको बसमा ठोकिएर पुन: बा.५ ख ५२७४ नम्बरको हाइसमा समेत ठोकिएर भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, सिरहाको धनगढी नगरपालिका-९ जिरोमाईलमा बा.१९ च ३९६६ नम्बरको गाडी र बा.५४ प ४७३२ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक झापा कमल गाउँपालिका-५ लखनपुर बस्ने ३८ वर्षीय देवदत राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माँ बौध पोलिक्लिनिक जिरोमाईल धनगढीमा सामान्य उपचार पश्चात थप उपचारको लागि बीएनसी अस्पताल बिर्तामोड झापामा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी, पर्वतको जलजला गाउँपालिका-८ नाईलिवाङमा ध.१ ख ४९४ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीय जुठे बहादुर दमैको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धौलागिरी अस्पताल बाग्लुङमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, उदयपुरको त्रियुगा नगरपालिका-१३ किरात चोकमा लु.८२ प ६५३३ नम्बरको मोटरसाइकल रोकी राखेको ना.१ ख ७७०० नम्बरको टिपरमा ठोकिएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका-६ नेपालटार बस्ने २९ वर्षीय पवन रोका मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
