मोरक्कोको कासाब्लान्कामा भारी वर्षापछि घर भत्किँदा तीनको मृत्यु

Share:

मोरक्कोको आर्थिक केन्द्र कासाब्लान्कामा भारी वर्षापछि घर भत्किँदा तीन जनाको मृत्यु भएको समाचार एजेन्सी म्यापले जनाएको छ ।

अल–फिदा–मेर्स सुल्तान प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार स्मारा जिल्लामा रहेको सो घरलाई सम्भावित खतरामा रहेको घरको रूपमा वर्गीकृत गरिएको थियो ।

एक जना पीडितलाई फरमा रहेको परम्परागत चुलोको भग्नावशेषबाट निकालिएको थियो । सो घटनामा परेका उक्त घरसँगै जोडिएका घरका बासिन्दा अन्य दुईजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।

कासाब्लान्का र अन्य थुप्रै सहरहरूमा गत २४ घण्टामा लगातार वर्षा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: