तोलाको ४ सयले घट्यो सुनको भाउ

Share:

काठमाडौं : मंसिर महिना सकिएसँगै नेपाली बजारमा सुनको मूल्य घट्न थालेको छ । 

मंसिर महिना बिहेको सिजन भएर माग बढी हुँदा नेपाली बजारमा सुनको मूल्य बढेर १ लाख नाघेको थियो । पुस लागेसँगै सुन घटेन थालेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन तोलामा चार सयले घटेर ९९ लाख ९०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाकी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: