पाँच महिनामा ५४ वन्यजन्तु मरे

Share:

चितवन :  चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन्  । गत साउनयता ती वन्यजन्तु मरेका हुन्  ।

 तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट   मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए  । उनका अनुसार जुधेर, सडक दुर्घटनामा परेर, विद्युत् करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई  जनावर मरेका छन्  ।  मर्नेमा सबैभन्दा धेरै चित्तल रहेका छन्  । पाँच महिनाको अवधिमा ३२  चित्तल मरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ  ।

 तीमध्ये प्राकृतिक कारणले १०, कुकुरको आक्रमणमा परी २०, दलदलमा परेर र सडक दुर्घटनामा परी एक÷एक क्षेत्रभित्र पाँच गैँडा मरेका छन्  । तीन प्राकृतिक कारणले मरेका छन् भने जुधेर र करेन्ट लागेर एक÷एक गैँडा मरेको उनले बताए । घडीयाल गोही र गौरीगाई तीन÷तीन  प्राकृतिक कारणले मरेका छन्  ।

 हात्ती, जरायो, बँदेल, कछुवा दुई÷दुई  पाँच महिनाका अवधिमा मरेको निकुञ्जले जनाएको छ  । चितुवा, लगुना र धनेस एक÷एक वटा मरेको छन्  । यस आर्थिक वर्षमा चोरी सिकारीले वन्यजन्तु मार्न पाएका छैनन्  । निकुञ्जको सुरक्षा योजनासँगै समुदायमा आएको सचेतनाका कारण जनावर चोरी सिकारीले मार्न नसकेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: