आतंकवादविरुद्धका मुद्दालाई राजनीतिकरण गर्न नहुनेमा चीनको जोड

Share:

चीनले आतंकवादविरुद्धका मुद्दालाई राजनीतिकरण गर्न नहुनेमा चीनको जोड दिएको छ  । संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बैठकमा आतंकवादविरुद्धका विषयमा हुने राजनीतिकरणको चीन विरोध गर्ने बताए  ।

 चिनियाँ राजदूतले आतंकवाद विरोधी मुद्दाको राजनीतिकरण,दोहोरो मापदण्ड र चयनात्मक दृष्टिकोणको विपक्षमा आफ्नो देश रहेको बताउँदै विश्वव्यापी चुनौती बनेको आतंकवादलाई परास्त गर्न कुनै एक देश सक्षम नभएकाले त्यसविरुद्ध सबै राष्ट्र एकताबद्ध हुनुपर्नेमा जोड दिए  ।

विश्वको सुरक्षा सबैको साझा चासोको विषय भएकाले महासभा र सुरक्षा परिषद्का सबै आतंकवाद विरोधी प्रस्तावलाई कार्यान्वयन गर्न तथा सुरक्षा परिषदद्वारा सूचीकृत सबै आतंकवादी संगठन र व्यक्तिलाई कारबाही गर्नु सामूहिक दायित्व भएको उनले बताए  ।

हालैका वर्षमा केही देशले आतंकवादका मुद्दामा समर्थन गरेकामा खेद प्रकट गर्दै चिनियाँ राजदूतले त्यस्ता गतिविधिले आफूलाई मात्र नभई  समग्र विश्वव्यापी आतंकवादविरुद्धका सहयोगलाई कमजोर बनाउने बताए  । उनले आतंकवादको साझा जोखिम सामना गर्दा सबै पक्षले भूराजनीतिक हिसाबकिताब राख्न नहुने, वैचारिक पूर्वाग्रह त्यागेर, न्यायिक एवम् व्यावहारिक ढंगले आतंकवाद विरोधी सहयोगलाई अगाडि बढाउनुपर्नेमा जोड दिए  । साथै उनले प्रतिआतंकवादका काममा राष्ट्रसंघको केन्द्रीय समन्वयकारी भूमिकालाई सबैले समर्थन गर्नुपर्नेमा जोड दिए  ।

कमेन्ट गर्नुहोस्
Share: