क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा

Share:

काठमाडौं : विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ।

खेल कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार बेलुकी ८:४५ बजे सुरु हुनेछ ।

पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो ।

दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको थियो ।

मोरक्को र क्रोएसियाले समूह चरणमा पनि प्रतिस्पर्धा गरेका थिए। तर खेल गोलरहित बराबरीमा सकिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: