विषाक्त मदिराले  भारतमा ३७ जनाको मृत्यु

Share:

विषाक्त  मदिरा पानबाट पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ  ।  त्यसक्षेत्रमा जहाँ रक्सी प्रतिबन्धित छ ।  विभिन्न सञ्चार माध्यमले मदिरापानबाट मृत्यु हुनेको संख्या ६० भन्दा बढी रहेको बताएका छन् ।

भारतका थुप्रै भागहरूमा मदिरा बेच्न र उपभोग गर्न प्रतिबन्ध लगाइएको छ । 

पछिल्लो दुःखद घटनाका पीडित परिवारले सोमबार विवाह र अन्य कार्यक्रममा विभिन्न गाउँका मानिसहरूले स्थानीय रूपमा बनेको ‘महुआ’ वा ‘देशी दारु’ नामले चिनिने टिप्पल पिउने गरेको बताएका छन् ।

त्यसपछि धेरैले पेट दुख्ने र दृष्टि गुम्ने र वान्ता हुने गरेको बताएका छन् । बिहीबारसम्म २० भन्दाबढी व्यक्तिको मृत्यु भइसकेको थियो र शनिबार झन्डै एक दर्जन गम्भीर अवस्थामा अस्पतालमा  भर्ना भएका छन्।

“गत ४८ घण्टामा दुई दर्जनभन्दा बढी मानिसले ज्यान गुमाएका छन्”, प्रहरी अधिकारीले भने ।

अहिलेसम्म ३७ जनाको ज्यान गएको छ। उनले ६२ जनाको मृत्यु भएको स्थानीय मिडिया सञ्चार माध्यमले बताए पनि पुष्टि भने हुन सकेको छैन ।

प्रहरीले पछिल्लो तीन दिनमा अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न एक सयभन्दा बढीलाई पक्राउ गरेको छ भने ६ सय लिटरभन्दा बढी अवैध मदिरा बरामद गरेको छ ।

स्थानीय अधिकारीहरूले कालोबजारी रोक्न ड्रोन, हेलिकप्टर र मोटरबोटको प्रयोग गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: