
काठमाडौं : छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१८ अम्बिकेश्वरीमा रा.१ त २३१२ नम्बरको ट्याक्टरले रा.१ ह १८३८ नम्बरको अटोलाई शुक्रबार साँझ ठक्कर दिँदा अटो चालक घोराही उपमहानगरपालिका-१८ बस्ने ४५ वर्षीय झग बहादुर रोकाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, बैजनाथ गाउँपालिका-१ च्यामामा हाल नम्बर नखुलेको मोरटसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने केशव भट्टराईकी छोरी ६ वर्षीया कृष्णा भट्टराईको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल मोटरसाइकल सहित फरार रहेका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी, कोशी गाउँपालिका-७ कटानमा को.१२ प ७३३७ नम्बरको मोटरसाइकललाई ना.३ ख ७३१५ नम्बरको ट्रकले शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी मधवापुर-३ बस्ने ३० वर्षीय सोनु कुमार झाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, कोल्हबी नगरपालिका-२ पुरानो काँटामा साइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा साइकल चालक सिम्रौनगढ नगरपालिका-६ बस्ने ४५ वर्षीय अवध लाल साह कानुको मृत्यु भएको छ । जंगलबाट साईकलमा दाउरा ल्याउने क्रममा साइकल पल्टिएर सोही दाउराले किच्दा गम्भीर घाइते भएका उनको स्थानीय जननायक अस्पताल कोल्हवी बारा हुँदै कलैया अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी बारा, महागढीमाई नगरपालिका-६ पत्रहटी बस्ने २४ वर्षीय मुकेश प्रसाद यादवको आफ्नै ना.६ त ६७८६ नम्बरको ट्याक्टरको डब्बा पल्टिएर किच्दा शनिबार बिहान मृत्यु भएको छ । डब्बा प्रेसर उठाइ नट खोल्ने क्रममा डब्बा पल्टिएर गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानिपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापा, कमल गाउँपालिका-५ स्थित सडकमा को.३२ प ८५६ नम्बरको मोटरसाइकललाई बा.५ ख ४८१३ नम्बरको बसले शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङ बेलबारी नगरपालिका-८ बस्ने ५८ वर्षीया तुलसा देवी गुरूङको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रे, पनौती नगरपालिका-५ नैकिनटारमा बा.९५ प ९९१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ना.८ ख १८४ नम्बरको टिपर मुनि छिरेर शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट चुपुर नगरपालिका-२ घर भई काठमाडौं गुर्जुधारा बस्ने ३२ वर्षीय सुरज माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल हुँदै इन्टरनेशनल हस्पिटल कौशलटार भक्तपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहा, बिष्णुपुर गाउँपालिका-१ विश्वकर्मा मन्दिर अगाडि सडकमा स.१ त ७६९ नम्बरको ट्याक्टरले अनटेष्ट लेखिएको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक नरहा गाउँपालिका-५ बस्ने ४५ वर्षीय संजय कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका ५० वर्षी पुरुषको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर भएका उनको मदन भण्डारी तथा ट्रमा सेन्टर मंगलबारे उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
बागलुङ, निसीखोला गाउँपालिका-२ आम्बोटमा लु.१ ज ४५२० नम्बरको पिकअपले किल्चिएर सोही ठाउँ बस्ने मान बहादुर कार्कीको छोरा ३ वर्षीय सुबम कार्कीको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
