मेस्सी चम्किँदा अर्जेन्टीनाको पोल्टामा विश्वकपको उपाधी

Share:

काठमाडौं  : कतारमा जारी २२ औं विश्वकपको उपाधी अर्जेन्टीनाले जितेको छ। फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो।

 खेलको  २३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ३६ औँ मिनेटमा एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रता दोब्बर पारेको हो।

पहिलो हाल्फमा २-० अग्रता बनाए पनि दोस्रो हाल्फमा   फ्रान्सका लागि दुवै खेल केलियान एम्बाप्पेले गरे । खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका उनले त्यसको एक मिनेटभित्रै अर्को गोल गरेका थिए।

त्यसपश्चात् खेल अतिरिक्त समयमा धकेलिएको थियो । मेसीले अतिरिक्त समयमा गोल गरेपछि अर्जेन्टिनाले फ्रान्समाथि ३-२को अग्रता बनाएको थियो । लगत्तै एम्बाप्पेले गोल फर्काएपछि गोल बराबरी हुन पुग्यो।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटपछिको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

अर्जेन्टिनाले १९७८ र १९८६ मा विश्वकपको उपाधि उचालेको थियो। अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको हो ।  

कमेन्ट गर्नुहोस्
Share: