कौडीमा बिक्री हुन्छन् कर्णालीका जडीबुटी

Share:

सुर्खेत : जडीबुटीको प्रचूर सम्भावना बोकेको कर्णाली प्रदेश त्यसको उपयोग गर्न नसक्दा विकासको हरेक दृष्टिबाट पछाडि धकेलिएको छ । जडीबुटी खेती प्रवर्द्धन गरेर कर्णालीमा उत्पादित जडीबुटीलाई व्यवस्थित रुपमा बिक्रीवितरण गर्ने हो भने पनि जडीबुटीबाटै कर्णालीको आर्थिक समृद्धि सम्भव रहेको विभिन्न अध्ययनबाट प्रष्ट हुन्छ । 

अनेकौँ किसिमका जडीबुटी उत्पादन हुने यो प्रदेश जडीबुटीको राजधानीका रुपमा चिनिन्छ । सरकारले कर्णालीलाई जडीबुटीको क्षेत्र भनेर केही वर्षअघि नै घोषणा गरिसकेको भए पनि त्यसको उपयोग गर्नेतर्फ ठोस काम हुन सकेको छैन । यद्यपि, जडीबुटीको पकेट क्षेत्र पहिचान, स्थायी नर्सरी निर्माण, जडीबुटी प्रजातिको प्राथमिकीकरण, जडीबुटी बिरुवा उत्पादन तथा खेती विस्तार गर्ने काम पनि भएका छन् ।

वन विकास गुरुयोजनामा पनि आर्थिक समृद्धिका लागि जडीबुटीको प्रवद्र्धन गर्ने उल्लेख छ ।नेपालमा हाल सात सय प्रजातिका जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएका छन् । वनस्पति विभागले सात हजार किसिमका फूल फुल्ने वनस्पतिमध्ये ७०० प्रजातिका वनस्पति जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएको बताएको छ । विभागका अनुसार औषधिका रुपमा प्रयोग हुने जडीबुटीमध्ये सबैभन्दा बढी कर्णाली क्षेत्रमा जडीबुटी उत्पादन हुने गरेका छन् । 

कमेन्ट गर्नुहोस्
Share: