
सर्लाही : हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई सातामा मुसहर समुदायका दुईजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र वडा नं. ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको हो ।
ज्याला मजदुरी गर्ने पिडारीका रमेश मङ्सिर २४ गते मृत्य भएको हो । कान्छो छोरा १६ वर्षीय कृष्णनन्दनले ओढ्ने ओछ्याउने नभएकाले भुइँमा पराल ओछ्याएर सुत्दा बुवाको ज्यान गएको बताए ।
रामभगतको पनि न्यानो कपडा र ओढ्ने ओछ्याउने नहुँदा चिसोले मृत्यु भएको हरिपुर नगरपालिका–९ पिडारीका वडाध्यक्ष विश्वनाथ रायले बताए ।
कमेन्ट गर्नुहोस्
