
चीनमा कोरोना संक्रमित हुनेहरूको संख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरूमा जनाइएको छ । मंगलबार मात्र यहाँका स्थानीय स्तरमै संक्रमित भएका व्यक्तिको संख्या तीन हजार ४९ जना भेटिएका बेइजिङस्थित स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
साथै यहाँ मंगलबार मात्र एक हजार नौ सय जना संक्रमित उपचाररत स्वास्थ्य संस्थाबाट निको भएर घर फर्किएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जानकारी दिएको छ । सो आयोगले बुधबार चीनमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको जनाएको छ । तर यहाँ स्थानीय स्तरमा नै कोरोना संक्रमित हुनेहरू भने घट्न नसकेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
