युक्रेनलाई नयाँ हतियार पठाउँदा द्वन्द्व चर्किने क्रेमलिनको चेतावनी

Share:

युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी बुधबार क्रेमलिनले दिएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणका क्रममा वासिङ्टनले कीभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षबीच क्रेमलिनले युक्रेनलाई सहयोगी राष्ट्रले थप हतियार उपलब्ध गराउँदा द्वन्द्व चर्किने बताएको हो ।

प्रवक्ता दिमित्री पेस्कोभले भने, “यी सबै कुराले निश्चित रूपमा द्वन्द्वलाई बढावा दिन्छ र युक्रेनका लागि राम्रो सङ्केत गर्दैन । मस्कोले युक्रेनले शान्ति वार्ताबारे आफ्नो अडान परिवर्तन गर्ने अपेक्षा गर्दैन । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता इन्कार गर्नुहुने छैन ।”

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधबार नै वासिङ्टनमा अमेरिकी समकक्षी जो वाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम सार्वजनिक भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: