
कास्की : काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घट्दै गएको छ । हिजोको तुलनामा आज काठमाडौंको तापक्रम घटेको छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियमापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । यस्तै जुम्ला र जोमसोम तापक्रम माइनसमा छ । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव १ र जोमसोमको माइनस ७ डिग्री लेल्सियस थियो ।
मौसमविद् मानन्धरका अनुसार त्यहाँ आज पनि तापक्रम अझ घट्ने अनुमान गरिएको छ । हाल देशका पहाडी भूभागहरुमा मौसम बदली भएको छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ। आज सुदुरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन् । भोलि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
