माधव नेपाल अस्पतालबाट डिस्चार्ज

Share:

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका नेता नेपालको स्वास्थ्यमा सुधार आएपछि शुक्रबार डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न डा सन्तकुमार दासले जानकारी दिए । उनका अनुसार नेता नेपालमा अहिले ज्वरो नरहेको, श्वासप्रश्वास गर्दा अक्सिजन लगाउन नपरेको र खाना राम्रैसँग खाइरहेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल निमोनिया भएपछि यही पुस ५ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार देखिन थालेपछि नेता नेपाल हिजो पुस ७ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथग्रहण समारोहमा सहभागी थिए ।

कमेन्ट गर्नुहोस्
Share: