
कास्की : सञ्चारकर्मी अच्युत घिमिरेको “श्रुतिसंवेग”मा एकपटक लगातार इमेल आउन थाल्यो, “समर लभ पढिदिनुपर्यो ।”
लगातार इमेल आइसकेपछि उनले सुविन भट्टराईको “समर लभ” पढे । यति धेरै प्रतिक्रिया आउन थाल्यो उनी उनी चकित परे । एकैपटक ४ हजार स्रोताले रेडियो सुन्न थाले ।
उनै चर्चित लेखक सुविनसँग भेट्ने समय मिलाए । “भेट्दा मलाई उनी सुविन हैन जस्तो लाग्यो । यति चर्चित मान्छे, तर यति सरल”, अच्युतले सुनाए । ठूलो युवा जमातमा पठनसंस्कृति बढाउने लोकप्रिय लेखक सुविनसँग जमिरहेका थिए सञ्चारकर्मी घिमिरे । पोखरामा जारी १०औं नेपाल लिट्रेचर फेस्टिभलको एउटा सेसन थियो, “कथाकी पात्रदेखि इजोरियासम्म ।”
केही महिनाअघिमात्र सुविनको नयाँ उपन्यास “इजोरिया” बजारमा आयो । सुविनका अनुसार उक्त पुस्तक हालसम्म ६० हजार प्रति छापिइसक्यो । त्यो बजारमा सकिन लागेको संकेत पाएका छन् उनले ।
प्रिय सुफीसम्म” प्रेम कथा लेखेका सुविनलाई यसपटक प्रेमकथादेखि दिक्क लागेको थियो । प्रेमदेखि मा हैन लोकेसनदेखि पनि । उनले सहरी युवाको प्रेमका विषयलाई कथा बनाउँथे । यसपटक उनले लोकसेन मधेश रोजे र मधेशका पात्रका कथा भने । उनकै भाषामा भन्ने हो भने यसपालि सुविनले “स्टेयरिङ” घुमाए । “इजोरियासम्म आइपुग्दा लेखक एउटा मात्र जोनमा बस्ने कि नबसने प्रश्न जान्छ । काठमाडौं छाडेर मधे जाने बित्तिकै लेखकका टाउको दुखाइ हराए । गर्नका लागि गरेको भन्दा नि रियल्ली इन्जोय गरेँ । जिन्दगीमा नयाँ कुरा सिक्ने मौका पाएँ”, सुविन भन्छन् ।
इजोरियाबाट उनले मधेशमा ठूलो संख्यामा पाठक बढाएको बताउँछन् । उनका अनुसार इजोरिया कहिल्यै नेपाली साहित्य नपुगेको ठाउँमा इजोरिया लगेर राखियो ।
घिमिरेले सुविनबारे थप करा भने”,उहाँको लेख्ने बाहेक अरु कुनै काम छैन । लेखेरै बाँचेका छन्, त्यो पनि कार चढेर”, घिमिरेले भने । र उनै घिमिरेले सुविनलाई सोधे, “तपाईंलाई सन्तुष्टिचाहिँ कतिबेला हुन्छ?”
उनी लेखनका विभिन्न तह सम्झन्छन् । “लेखनको सन्तुष्ट आफ्नू छ । लेखेका कुरासँग आफू कति विश्वस्थ हुनसक्नुहुन्छ? पाठकको तहसम्म जाने अर्को लेखाइ हुन्छ । जब पाठकले राम्रो भन्छ सन्तुष्टिको अर्को तह निर्माण हुन्छ”, सुविन भन्छन् ।
अच्युतले आफ्नो पब्लिकसनमा सय वटा पाण्डुलिपीमा ५० वटा सविनै प्याट्रनका उपन्यास आउने बताउँछन् । उनी सोध्छन्, “सुरुमा लेखक बन्न सजिलो छ?”
सुविन सुरुवाती दिनमा कथा लेख्दा र प्रकाशस गर्न ब्यहोर्नुपरेको सास्ती सम्झन्छन् । “कथाकी पात्र” उनले फरक फरक समयमा लेखेर संग्रहण गरेका कथा संग्रह हो । यो प्रकाशन गर्नुअघि आफूल् झोलामा पाण्डुलिपी हालेर हिँडेको सम्झन्छन् । प्रकाशक नभेटेपछि उनले आफ्नै लगानीमा पुस्तक प्रकाशन गरेका थिए ।
“कथाकी पात्र”ले पाठक आकर्षित गरेर “समर लभ”ले प्रकाशक पायो । अहिले उनलाई धेरैले त “समर लभ”कै लेखक भनेर चिन्छन् । अहिले सुविनलाई धेरै नयाँ पुस्ताले पाण्डुलिपी पढिदिनु भनेर पठाउँछन् । “पहिले म झोलामा पाण्डुलिपी बोकेर पढिदिनुस् न भन्थें । म त्यो सम्झन्छु । अनि दराजबाट पाण्डुलिपी निकालेर पढ्छु”, उनी भन्छन् । “अरुले जीवनभर लेखेको किताब हिट नहुने । तपाईंले फ्याफ्याट लेखेको किताब हिट हुन्छ । यसको जादू के छ?” अच्युतको जिज्ञासामा उनी भन्छन्, “पाठकको विश्वास, सरल भाषा शैलीले हो ।” उनी नयाँ पुस्ताबाट पनि धेरै सिकिरहेको बताउँछन् ।
