अमेरिकी सदनद्वारा १.७ ट्रिलियन अमेरिकी डलरको सरकारी कोष पारित

Share:

अमेरिकी प्रतिनिधि सभाले शुक्रबार संघीय सरकारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विशेष आर्थिक प्याकेज पारित गरेको छ । उक्त १.७ ट्रिलियन अमेरिकी डलरको ओम्निबस बिल बिहीबार सिनेटले पारित गरेर ह्वाइट हाउस पठाइँदैछ

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार उक्त प्याकेज आफ्नो डेस्कमा पुग्ने बित्तिकै हस्ताक्षर गर्ने बताएका छन् ।   एक हप्ताको निरन्तर छलफलपश्चात् चार हाजर पृष्ठ लामो उक्त प्रतिवेदन  अब राष्ट्रपतिको हस्ताक्षरको पर्खाइमा छ । आर्थिक वर्ष सन् २०२३ को लागि ठूलो खर्च कानुनमा गैर–रक्षा, घरेलु कार्यक्रमका लागि ७७२.५ बिलियन डलर र रक्षा कोषमा ८५८ बिलियन डलर समावेश छ ।   यो रकम अघिल्लो वर्षको तुलनामा झण्डै १० प्रतिशतले बढेको छ । 

कमेन्ट गर्नुहोस्
Share: