कर्णाली प्रदेशका ज्येष्ठ सदस्य शाहीद्वारा शपथ ग्रहण

Share:

सुर्खेत : कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहले प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिएका हुन् ।

शाह प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुन् । उनी दैलेख क्षेत्र नं २ को (२) बाट निर्वाचित भएका हुन् । शाहले शपथ लिइसकेपछि अरु सदस्यलाई शपथ गराउने कार्यक्रम आज नै रहेको छ ।

प्रदेशसभा सचिवालयका अनुसार आजै शपथको तयारी भइरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: