‘चीनमा १६ देखि २४ वर्ष उमेर समूहका दुई करोड मानिस बेरोजगार’

Share:

हाल चीनमा १६ देखि २४ वर्ष उमेर समूहका करिब दुई करोड मानिस कामविहीन रहेका चीनको आधिकारिक तथ्याङ्कमा आधारित सीएनएनको अध्ययनले देखाएको छ ।

आधिकारिक तथ्याङ्कअनुसार सहरी युवाको जनसङ्ख्या १० करोड ७० लाख रहेको छ । तथ्याङ्कले ग्रामीण बेरोजगारीलाई समावेश नगरेको बताइएको छ । द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ । सन् २०२२ को मार्चमा १५.३ प्रतिशत बेरोजगार दर रहेकोमा अप्रिलमा बढेर १८.२ प्रतिशत पुगेको छ ।

त्यसपछिका केही महिनासम्म यो निरन्तर उकालो लाग्दै जुलाईमा १९.९ प्रतिशत पुगेको हो । अगष्टमा यो दर केही घटेर १८.७ प्रतिशतमा झरेको छ, तर अझै पनि अहिलेसम्मकै उच्चतम विन्दुमा रहेको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ का कारण हुन सक्ने गम्भीर बेरोजगारीका कारण पाँचमध्ये एक जना सक्षम चिनियाँले रोजगारी गुमाएका रिपोर्टमा उल्लेख छ ।

कोभिड–१९ तथा रूस युक्रेन युद्धका कारण विश्वव्यापी प्रभाब चीनले पनि व्यहोरेको कारण आर्थिक मन्दीको सामना गर्नुपरेको र यसका कारण कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई कटौती गर्ने नीतिका कारण बेरोजगारी दरमा वृद्धि भएको हो । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी शाओमीले पनि आफ्ना कर्मचारीलाई कटौती गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: