
रूसी हवाई सुरक्षा फौजले युक्रेनको एउटा ड्रोन दक्षिणी रूसको एक हवाई शिविरनजिक पुगेपछि रूसले खसालेको रूसी समाचार संस्थाहरूले सोमबार बताएका छन् । उक्त घटनामा तीन जना रूसी प्राविधिकको मृत्यु भएको रूसले जनाएको छ ।
यो महिना एङ्गेल्सको शिविरमा भएको यो दोस्रो आक्रमण हो । एङ्गेल्स, दक्षिणी सारातोभ क्षेत्रमा, युक्रेनबाट ६०० किलोमिटर (३७० माइल) भन्दा बढी दूरीमा अवस्थित छ ।
“डिसेम्बर २६ मा मस्को स्थानीय समयअनुसार १ः३५ बजे सारातोभ क्षेत्रमा रहेको एङ्गेल्स सैन्य एयरफिल्डनजिक पुग्ने क्रममा युक्रेनी मानवरहित हवाई यानलाई कम उचाईमा गोली हानी खसालिएको थियो,” रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रूसी समाचार संस्था ( तास) ले उल्लेख गरेको छ ।
कमेन्ट गर्नुहोस्
