प्रतितोला एक लाख एक हजार एक सय पुग्यो सुनको मूल्य

Share:

काठमाडौं : नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार एक सय तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ सय छ ।

यसको मूल्य अघिल्लो दिन एक लाख दुई सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० ले बढेर प्रतितोला रु एक हजार चार सय पुगेको महासंघले जनाएको छ ।

 महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय ११ दशमलव छ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: