
काठमाडौं : गृहमन्त्री रवि लामिछाने अनुगमनका लागि राहदानी विभाग पुगेका छन्। राहदानी प्राप्त गर्न आम जनताको दु:ख भोगेको समाचार प्रकाशित भइरहेका छन् ।
यसै क्रममा बुधबार गृहमन्त्री लामिछाने अनुगमन गर्न त्रिपुरेश्वरस्थित विभाग पुगेका हुन् ।
प्रचण्ड नेतृत्वको पहिलो मन्त्रीपरिषद्को पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र लिनको लागि हुन सास्ती हटाउने निर्णय गरेको थियो ।
कमेन्ट गर्नुहोस्
