मान्छे बन्न खोज्दैछु , मान्छे बन्न दिनुस : नाजिर हुसेन

Share:

काठमाडौं : नेपाली टोपी दिवस तथा अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा अभिनेता नाजिरले सामाजिक सञ्जालमा लेखेको स्टाटस जस्ताको तेस्तै :

मेरो वंशज नागरिकता वा मेरो पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम पढेर मैले प्राय नखोज्दा पनि भेटिरहने प्रश्नहरु 
तपाई इन्डिएन मुस्लिम कि नेपाली मुस्लिम? 
तपाई हिन्दू कि मुसलमान ? 
ओहो, तपाई त तराईबाट आएको भए पनि 
नेपाली त स्पष्ट बोल्नु हुदोँ रैछ ! 
फ्याट्ट उत्तर दिन मन लाग्छ 
हम्राके भोजपुरीयो निमनसे बोलेके लुर बा । 
मान्छे बन्न खोज्दैछु 
मान्छे बन्न दिनुस । 
सुन्नुस
म पनि यहि माटोको हो 
मेरो शरीरमा पनि रगत नै हो बग्ने 
देशको कुरा आउँदा तपाईलाई जति दुख्छ मलाई पनि तेतिनै दुख्छ
तपाईलाई जति खुशी लाग्छ मलाई पनि तेतिनै खुसी लाग्छ । 
हरेक नेपालीको शिरमा सगरमाथा झैँ अटल, अग्लो र विशाल भएर बस्ने 
हाम्रो ढाका टोपी जस्तै 
सबैको सोच र विचार अग्लियोस ! 
ढाका टोपी ( नेपाली टोपी ) दिवसको सबैमा शुभकामना ।

कमेन्ट गर्नुहोस्
Share: