
एयरबसले सन् २०२२ मा ६६१ वटा व्यावसायिक विमान ग्राहकलाई उपलब्ध गराएको जनाएको छ ।
कम्पनीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “सन् २०२२ मा हामीले ८४ जना ग्राहकलाई ६६१ विमानलाई ग्राहक समक्ष पु¥याएका छौँ । यो सङ्ख्या सन् २०२१ को तुलनामा ८ प्रतिशतले बढी हो ।” सन् २०२२ मा कम्पनीको ‘ए ३२०’ सबैभन्दा लोकप्रिय विमान प्रकार बनेको छ । यो नमूनाका विमानहरू विश्वभर ५१६ वटा ग्राहकलाई हस्तान्तरण गरिएको थियो । यद्यपि, उक्त अवधिमा कम्पनीको नयाँ नमूनाको विमान ‘ए ३५०’ भने ६० वटा बजारमा पठाइएको थियो ।
कमेन्ट गर्नुहोस्
