अमेरिकाद्वारा काबुल आतङ्कवादी हमलाको निन्दा

Share:

संयुक्त राज्य अमेरिकाले बिहीबार अफगानिस्तानको राजधानी  काबुलमा भएको पछिल्लो आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । सो हमलाको आतङ्कवादी समूह इस्लामिक स्टेट – खोरासान प्रान्तले  जिम्मा लिएको छ ।

“हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं।  सो हमलाको आइएसद्वारा जिम्मा लिएको पाइएको छ ।   यो  आक्रमण क्रूर समूहको पछिल्लो भयानक उदाहरण हो । अफगानिस्तानका जनतामाथि संवेदनाहीन हिंसा हो,” अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पत्रकार सम्मेलनमा  बताएका छन् ।

“हामी यस मूर्खतापूर्ण आक्रमणमा मारिएका प्रियजनहरू र परिवारका सदस्यहरूलाई हाम्रो गहिरो समवेदना पठाउँछौं। हामी आतङ्कको निन्दा गर्दछौं”, उनले भनेका छन् ।

बुधबार भएको विस्फोटमा कम्तीमा ५ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको अफगानिस्तानको टोलो न्यूजले जनाएको छ ।  घटनाको अन्तरराष्ट्रिय स्तरमा व्यापक आलोचना भएको छ ।

साथै अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसनले पीडित परिवारहरूप्रति संवेदना व्यक्त गर्दै अफगानिस्तानमा दिगो शान्ति ल्याउन हिंसा कुनै पनि समाधानको हिस्सा नभएको बताएको छ । सो घटनामा ४० जनाभन्दा बढी भएको र घाइतेहरूलाई काबुलको आपतकालीन एनजीओ मानवीय संस्थाद्वारा सञ्चालित सर्जिकल सेन्टरमा ल्याइएको  छ ।  अफगानिस्तानमा आपतकालीन निर्देशकले मृत्यु हुनेको संख्या बढ्दै जान सक्ने बताएका छन् ।

“मृतकको संख्या अझै बढिरहेको छ,” उनले भने, “यो सन् २०२३  मा पहिलो सामूहिक हताहती हो ।”

कमेन्ट गर्नुहोस्
Share: