विमान दुर्घटनाः प्रदेश प्रमुखद्वारा दुःख व्यक्त

Share:

कास्की : पोखरामा भएको यती एयरलायन्सको जहाज दुर्घटनाप्रति गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुःख व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख गुरुङले आज शोक वक्तव्य जारी गर्दै दुर्घटनाको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन् । दुर्घटनाबाट गण्डकी प्रदेशसहित सिङ्गो मुलुक स्तब्ध भएको भन्दै वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: