
तनहुँ : जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई आज सफाइ दिएको छ। नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हो।
न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि मंगलवार फैसला सुनाएको हो। शाहको पक्षबाट ५ जना कानुनव्यवसायीले बहस गरेका थिए भने जाहेरीवालाका तर्फबाट सरकारी वकिल सहभागी थिए। १७ वर्षीया किशोरीले शाहविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन्।
कमेन्ट गर्नुहोस्
