इङ्गल्याण्डका नर्स हडतालमा

Share:

इङ्गल्याण्डका नर्सहरूले तलबको विषयलाई लिएर बुधबारदेखि दुई दिने हडताल सुरु गरेका छन् । नर्सहरूले बढ्दो मूल्यवृद्धिका कारण जीवनयापनको लागतको सङ्कटबाट प्रभावित बेलायती सार्वजनिक क्षेत्रका कामदारहरूको लहरमा सामेल हुँदै हडतालमा उत्रिएका हुन् ।

बुधबार बिहान सार्वजनिक गरिएको मुद्रास्फीतिबारे पछिल्लो वार्षिक तथ्याङ्कले देखाएअनुसार यो मुद्रास्फीति ऐतिहासिकरूपमा उच्च तहमा पुगेको छ । नोभेम्बरमा अघिल्लो महिना १०.७ प्रतिशत रहेको दरहरू डिसेम्बरमा केही कम भएर १०.५ प्रतिशतमा झरेका छन् ।

मुख्य नर्सिङ युनियनले सरकारले चालू आर्थिक वर्षका लागि आफ्नो तलब सम्झौता सुधारका लागि गम्भीरतापूर्वक वार्ता गर्न नसकेको आरोप लगाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: